logo
२०८१ बैशाख ६ बिहीवार



शहीद परिवारलाई आर्थिक सहयोग र सम्मान

खुला |
प्रदेश |


शहीद परिवारलाई आर्थिक सहयोग र सम्मान


विजयकुमार साह
ढल्केबर, चैत १० गते । मधेस प्रदेश सरकारले जनयुद्ध तथा मधेस आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ । बिहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेस आन्दोलनका १२ जना शहीद परिवारलाई जनही एक लाख रुपियाँ नगदसहित सम्मानित गर्नुभयो ।

मधेस सरकारका सञ्चारमन्त्री साहले पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका परिवारलाई तीन–तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने मधेस सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख रुपियाँ प्रदान गरिएको बताउनुभयो ।

बाँकी रकम दोस्रो चरणमा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । मधेस आन्दोलन, जनयुद्ध र अरु अधिकार प्राप्तिको आन्दोलनमा गरी यस प्रदेशमा ५४२ जनाले शहादत प्राप्त गर्नुभएको बताउनुहुँदै सञ्चारमन्त्री साहले क्रमिकरुपमा सबैलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिनुभयो । मधेश सरकारले यसअघि मधेश आन्दोलनका शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?