logo
२०८१ बैशाख ८ शनिवार



सहकारीलाई प्रविधिमैत्री बनाउँदै बुद्धभूमि नगरपालिका

खुला |
प्रदेश |


सहकारीलाई प्रविधिमैत्री बनाउँदै बुद्धभूमि नगरपालिका


जानु पाण्डे
कपिलवस्तु, चैत्र १० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन शुरुगरेको छ । नगरपालिकाले सहकारीलाई अनलाइनमार्फत प्रविधिमैत्री बनाउन प्रयास शुरु गरेको हो । नगरपालिकाले कोपिमिस सफ्टवेयर तालिम प्रदान गरी प्रविधिमैत्री प्रयास थालेको नगरपालिकाले जनाएको छ । २०७५ सालबाट सहकारी विभागले सबै सहकारीलाई कोपोमिस अनिवार्य रुपमा प्रयोग गर्ने निर्देशन दिएपनि तालिम प्राप्त नहुँदा सहकारीहरु कागजी प्रणाली प्रयोग गर्न बाध्यभएका थिए ।

सहकारीको सूचना, तथ्यांक, प्रतिवेदनलाई नियमित, विश्वसनीय र चुस्त बनाउन सफ्टवेयर मार्फत सूचना राख्न तालिम प्रदान गरिएको नगरपालिका उद्योग, वाणिज्य तथा सहकारी फाँटका प्रमुख विजय भुसालले बताउनुभयो । यसवर्ष पहिलो चरणमा १५ सहकारी संस्थाका २५ जना सहभागीलाई तालिम दिइएको उहाँले बताउनुभयो ।

बाँकी रहेका सहकारीलाई तालिम दिएर सबै सहकारीलाई कोपोमिस अनिवार्य गराउने भुसालले बताउनुभयो । दुई दिनसम्म चल्ने तालिममा निवेदन दाखिला, मासिक तथा वार्षिक प्रतिवेदन, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, सदस्यता विवरण लगायतका सुचना अद्यावधिक गर्न सीप प्रदान गर्ने सहजकर्ता तथा नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत विमर्ष खनालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?