logo
२०८१ बैशाख २२ शनिवार



वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध मुद्दा दर्ता

खुला |
प्रदेश |


वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध मुद्दा दर्ता


राजन रावत
हुम्ला, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚ गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी‚ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डे र गाउँपालिकाका लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

आरोपितहरूले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भर्पाई तयार गरेको‚ विभिन्न व्यक्तिहरूले रकम बुझेको भर्पाई बनाई प्राप्त बिल भर्पाईको सत्यतथ्य जाँच नगरी भुक्तानीका लागि सिफारिस गरेको जनाएको छ । गैरकानुनी लाभ वा हानी पु¥याउने बदनियतले कागजात तयारी गरी ८ लाख हिनामिना गरेको अख्तियारद्वारा दायर आरोपपत्रमा उल्लेख गरिएको छ ।

चारै जनालाई भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा ८ लाख रुपियाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैदको माग गरिएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?