logo
२०८१ बैशाख १४ शुक्रवार



चुनाव नभए अनिष्ट हुन्छ : नेता भट्टराई

खुला |
राजनीति |
प्रदेश |


चुनाव नभए अनिष्ट हुन्छ : नेता भट्टराई


प्रकाशविक्रम शाह
धनगढी, चैत ११ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जीत हार जे भए पनि आवाधिक निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्राईले ऐन, कानुनअनुसार बाध्यताले स्थानीय तहको चुनाव घोषणा गरिएको भएपनि अझै विभिन्न वहानामा चुनाव सार्न खोजिएको टिप्पणी गर्नुभयो ।

“सम्मानित अदालतले पनि अन्यथा निर्णय गर्न नहुने बताएको छ, चुनावी माहौल बनिसक्यो, आम मानिस निर्वाचनमा लागिसकेका छन्, यस्तो अवस्थामा चुनाव भएन भने अनिष्ट हुन्छ” उहाँले भन्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका सचिव भट्टराईले सुरक्षाकर्मी र निजामति कर्मचारीको सरुवा, बढुवा स्वाभाविक प्रक्रिया भएपनि चुनावको मिति घोषणा भइसक्दा समेत चुनाव प्रभावित पार्नेखालको काम गर्नु गलत भएको बताउनुभयो ।

कुनै दलसित एमालेको चुनावी तालमेल हुन्छ त भन्ने प्रश्नमा सचिव भट्टराईले भन्नुभयो, “एमाले आफ्नै सामथ्र्यमा चुनाव लड्छ, २०७४ को स्थानीय चुनावमा ४५ प्रतिशत जितेका थियौं, अब ६० प्रतिशत जित्छौ, केन्द्रीय कमिटीले तालमेल गरौ भनेर देशव्यापी गर्देन तर स्थानीय तहमा आवश्यक्ताअनुसार तालमेल हुनसक्छ, त्यसका लागि जिल्ला कमिटीले प्रदेश कमिटीसंग अनुमति लिएर तालमेल गर्न सक्छ ।”

आगामी निर्वाचनमा एमालेले पहिलेभन्दा बढी सिट जित्ने उहाँले दावी गर्नुभयो । चुनावमा काँग्रेस र एमालेबीच सिधा प्रतिस्पर्धा हुन्छ, उहाँले भन्नुभयो । चुनावमा वाम एकताबारे सोधिएको जिज्ञासामा सचिव भट्टराईले भन्नुभयो, “एमाले र काँग्रेस माओवादीको वार्गेनिङ चिप्स बन्दैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?