logo
२०८१ बैशाख १२ बुधवार



महायज्ञमा अथाह ज्ञान हुन्छ : डा. राणा

खुला |
प्रदेश |


महायज्ञमा अथाह ज्ञान हुन्छ : डा. राणा


कृतबहादुर विष्ट
फूलवारी (कैलाली) चैत, ११ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धार्मिक ज्ञान महायज्ञकोे उदघाटन गर्नुभएको छ । धनगढी उपमहानगरपालिका –७, देवहरियास्थित शिव माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका लागि अयोजित धार्मिक ज्ञान महायज्ञको शुक्रवार नेतृ डा. देउवाले उदघाटन गर्नुभएको हो ।

डा. आरजु राणा देउवाले विद्यालयको भौतिक पूर्वाधारका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग हुने बताउनुभयो । बिद्यालयले शिक्षकलाई निजी स्रोतबाट तलब खुवाइरहेको भन्ने जानकारी पाएको र भौतिक पुर्वाधारको अभाव भएकाले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

बिद्यलायलाई सरकारी क्षेत्रबाट गर्न सकिने सहयोगको लागि समेत सहयोग गर्ने उहाँले बताउनुभयो । यस्तै, धार्मिक ज्ञान महायज्ञ सनातन धर्म मान्नेहरुका लागि सबैभन्दा ठूलो महत्वको ज्ञान भएको नेतृ डा. देउवाले बताउनुभयो । धार्मिक बाणीहरु हजारौ वर्ष अगाडि लेखिएको भएपनि अहिले पनि हाम्रो जिवनमा दैनिक काम लाग्ने र पथप्रदर्शक गरिरहने ज्ञान भएको उहाँको भनाई छ ।

‘एक पटक सुन्न पाएपनि जुनी टर्छ रे हामीले अर्को जुनी लिइरहनु पर्दैन् भन्ने धार्मिक कहावत छ’ डा. देउवाले बताउनुभयो । धार्मिक ज्ञान महायज्ञ केवल भौतिक पूर्वाधार निर्माण गर्ने मात्र नभएर हाम्रो आध्यात्मिक ज्ञान बढाउने शुभ अवसर भएको उहाँले बताउनुभयो ।

‘दुई वर्षअघि मैले पनि घरमा भागवत वाचन गराएको थिएँ । कति धेरै ज्ञान हुनुपर्ने रहेछ भन्ने मलाई थाहा भयो । एउटा पीएचडी होइन् १० वटा पीएचडी बराबरको अथाह ज्ञान हुँदोरहेछ’ डा. देउवाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?