logo
२०८१ बैशाख ६ बिहीवार



तालमेल नभए पनि सत्ता गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा

खुला |
प्रदेश |


तालमेल नभए पनि सत्ता गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव, केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले सत्ता गठबन्धन राजनीतिक दलसँग स्थानीय तहको चुनावमा गठबन्धन नभए पनि सत्ता गठबन्धन नटुट्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । सैद्धान्तिक रुपमा हामी गठबन्धनमै छौ उहाँले भन्नुभयो, “व्यावहारिक रुपमा चुनावमा कहींकतै एक दुई सिटमा तलमाथि प¥यो भने यसलाई अन्यथा लिनेछैनौँ ।” गठबन्धन नेतृत्वले एउटा फ्रेम (मापदण्ड) बनाउने त्यसको आधारमा जिल्लाले निर्णय गर्ने उहाँको भनाइ छ ।

प्रेस सङ्गठनका जिल्ला अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रवक्ता खतिवडाले गठबन्धन राष्ट्रको लागि आवश्यक भएको बताउनुभयो । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सत्ताधारी गठबन्धन दलहरुसँग पूर्ण वा आंशिक गठबन्धन हुने उहाँले प्रष्ट पार्नुभयो ।

“हामी पूर्ण गठबन्धनको पक्षमा छौं, सो सम्भव नभए सत्ता गठबन्धनभित्र वा लोकतन्त्र पक्षधर एक दुई दलसँग गठबन्धन गरेर जान्छौं” उहाँले भन्नुभयो । स्थानीय तहमा नेपाली काँग्रेससँग गठबन्धन हुन सकिने बताउनुहुँदै उहाँले काँग्रेससँग नभएमा माओवादी केन्द्र र जसपासँग गठबन्धन हुने दावी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?