logo
२०८१ बैशाख १३ बिहीवार



हरियो तरकारीको मूल्य आकाशियो

खुला |
प्रदेश |


हरियो तरकारीको मूल्य आकाशियो


शिवशङ्कर मिश्र
बारा, चैत्र ११ गते । बेमौसमी वर्षाले तरकारी बालीमा पु¥याएको क्षतिको असर अहिले बजारमा परेको छ । कलैया बजारमा ८० रुपैयाँ प्रतिकिलो पाइने हरियो खुर्सानीको मूल्य चार सय रुपियाँ प्रतिकिलो पुगेको तरकारी व्यवसायीहरुको भनाइ छ । त्यस्तै, अन्य हरियो तरकारीको बजार मूल्य पनि बढेको छ ।

बजारमा खुर्सानीको अभाव सिर्जना भएको र खुर्सानीसहितको हरियो तरकारी बजार अापूर्तिमा कमी आएपछि मूल्य आकासिएको कलैयाका तरकारी व्यवसायीले बताएका छन् । उपभोक्ताको मागअनुसार तरकारी आपूर्ति नभएपछि बिचौलियाले नै आफूखुशी मूल्य बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।

खुर्सानी थोकमै खरिद गर्दा बढी मूल्य तिर्नुपर्ने भएकाले बजारमा खुद्रा मूल्यमा बेच्दा मूल्य बढ्न गएको कलैया बजारका तरकारी पसले सन्तोष जैसवालले बताउनुभयो । वर्षाले सुरुमै तरकारीको बोट सुकाएपछि समयमा स्थानीय खुर्सानी उत्पादन हुन नसकेको व्यवसायीको भनाइ छ । सिजनमा खुर्सानी उत्पादनमा कमी आउने भएकाले मुल्य अचाक्ली वृद्धि भएको कलैया उपमहानगरपालिका –१ का वडा अध्यक्ष हरिओम सोनारले बताउनुभयो ।

खुर्सानीसहितको हरियो तरकारीको मूल्य आकाशिएको छ, गोलभेडा दुई सय, भन्टा ८०, करेला एक सय, काँक्रो दुई सय, गाँजर सय, केराउ सय, परवल एक सय ३०, सिमी सय, कटहर एक सय २०, रामतोरियाँ एक सय ५०, काउली २५, बन्दा ३० मा प्रतिकिलो र लौका सय रुपियाँमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

तरकारी व्यवसायी सङ्घ कलैया बजारका अध्यक्ष दिपलालप्रसाद साहका अनुसार किसानबाट खरिद गरिएको हरियो तरकारीमा व्यवसायीले ५ देखि १० रुपियाँसम्म फाइदा लिएका छन् । सोभन्दा बढी मूल्यमा विक्री गरिए कारवाही हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?