logo
२०८१ बैशाख ८ शनिवार



दाँतका नक्कली चिकित्सक पक्राउ

खुला |
प्रदेश |


दाँतका नक्कली चिकित्सक पक्राउ


नगेन्द्रकुमार कर्ण
जलेश्वर, चैत ११ गते । दुई वर्षदेखि इलाजसम्बन्धी कसुर मुद्दामा फरार रहेका दाँतका एक जना नक्कली डाक्टरलाई महोत्तरीको बर्दिबासबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जिल्ला अदालतबाट फरार सुचिमा रहँदैआएको नक्कली डाक्टर भनिएका दिलिप भन्ने सञ्जयकुमार महतोलाई बर्दिबासबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासको सहयोगमा बर्दिबासमा सञ्चालन गर्दैआएको साझा कान्तिपुर डेन्टल प्रा.लि.का सञ्चालक महतोलाई पक्राउ गरिएको जानकारी दिनुहुँदै विष्टले नक्कली चिकित्सक रहेका महतोलाई इलाजसम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताउनुभयो ।

दुई वर्षअघि महतोले धनुषा मिथिला नगरपालिका –९ का १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए । दाँत दुखेपछि उपचारका लागि साझा डेन्टल प्रा.लि.मा पुगेका सिंहलाई आफैँ चिकित्सक हुँ भन्दै महतोले दाँत उखेल्दा अत्यधिक रगत आएर उहाँको मृत्यु भएको थियो ।

घटनापछि मृतकका परिवारजनले अदालतमा इलाज कसुरसम्बन्धी मुद्दा चलाएपछि अदालतले पक्राउ पुर्जी जारी गरेपछि महतो फरार थिए । बर्दिबास बजारमा देखिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएका प्रहरीले महतोलाई पक्राउ गरेको बताएको छ । थप अनुसन्धानका लागि अदालतमा पेश गर्ने प्रहरी नायब उपरीक्षक विष्टले वताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?