logo
२०८१ बैशाख ८ शनिवार



हुम्लाबाट चार लाख ८० हजार केजी जडिबुटी निकासी

खुला |
प्रदेश |


हुम्लाबाट चार लाख ८० हजार केजी जडिबुटी निकासी


राजन रावत
हुम्ला, चैत ११ गते । गत पुस महिना यता हिमाली जिल्ला हुम्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । जडिबुटी जिल्लावासीको मुख्य आयस्रोत रहेको स्थानीयको भनाई छ । डिभिजन बन कार्यालयका सहायक बन अधिकृत प्रवीण पौडेलकाअनुसार यसवर्ष हुम्लाबाट १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी चार लाख ८१ हजार तीस केजी जडिबुटी निकासी भएको बताइएको छ । यी जडिबुटी दुई दर्जन बढी राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको हो ।

जिल्लाबाट निकासी भएका जडिबुटीमा तीन लाख ४० हजार केजी जटामासी रहेको छ । ४९ हजार पाँच सय केजी कुट्की, ४८ हजार छ सय केजी सेतक चिनी, बीस हजार केजी सुगन्धवाल, १४ हजार छ सय केजी अतीस, एक हजार केजी चिराईतो, पाँच केजी सिलाजित, चार हजार केजी धुपी, ५१० केजी कालादाना, एक हजार २५० केजी बन लसुन, ५२० केजी अल्लो, एक हजार केजी वीस र पैतालीस केजी गुच्ची च्याउँ रहेको पौडेलले बताउनुभयो ।

यी जडिबुटी कार्यालयको पञ्चवर्षीय योजनाअनुसार निकासी भएका हुन । यसमा जटामासीको सङ्कलन पुर्जी बन बिभागबाट दिइएको छ । अन्य एघार प्रकारका जडिबुटीको सङ्कलन पुर्जी कार्यालयबाटै दिइएको छ । यी जडिबुटी चालीसभन्दा बढी जडिबुटी फर्मका ब्यापारीहरु जिल्लाबाट निकासी गरेर नेपालगंज ब्यापार गर्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?