logo
२०८१ बैशाख १४ शुक्रवार



डढेलो नियन्त्रण गर्न पूर्व तयारी कार्यक्रम

खुला |
प्रदेश |


डढेलो नियन्त्रण गर्न पूर्व तयारी कार्यक्रम


नारद कोहार
तौलिहवा, चैत १२ गते । कपिलवस्तुको तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिमा वन डढेलो नियन्त्रण दलदस्ताद्वारा अग्निरेखामा डढेलो नियन्त्रण गर्न पूर्व तयारी गरिएको छ । वनमा डढेलोबाट हुने क्षति रोक्न पूर्व अभ्यास थालिएको हो । गर्मीयाम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न सो साझेदारी क्षेत्रमा पूर्व तयारी गरिएको हो ।

डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजना र तिलौरोकोट साझेदारी वनको सहयोगमा भएको अभ्यासमा वनमा डढेलो लाग्न नदिने, लागेपछि कसरी निभाउने भन्ने बारेमा जानकारी दिइएको छ । आगलागीका विभिन्न कारणले वनमा हुने क्षति रोक्न पूर्व सजगता अपनाइएको छ । आगलागीबाट वन र मानव जीवनमा समेत क्षति हुने भएकाले गर्मीयाममा जथाभावी प्रज्ज्वलनशील वस्तु नफाल्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।

वनमा वस्तुभाउका लागि नयाँ घाँस उम्रिन्छ भन्ने मान्यताका कारण पनि कतिपय ठाउँमा वनक्षेत्रभित्र आगो लगाउनेगरेको सहायक वन अधिकृत प्रेमीलाल प्रसादले बताउनुभयो । वनमा आगलागीबाट हरेक वर्ष बहुमूल्य जडीबुटी, काठका साथै वन्यजन्तुको वासस्थान नष्ट हुँदैगएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?