logo
२०८१ बैशाख १४ शुक्रवार



सप्तरीमा ९ हजार ४२४ जनाको म्यादी प्रहरीमा आवेदन

खुला |
प्रदेश |


सप्तरीमा ९ हजार ४२४ जनाको म्यादी प्रहरीमा आवेदन


माला कर्ण
कल्याणपुर, चैत १२ गते । स्थानीय तह निर्वाचन प्रयोजनका लागि मागिएको म्यादी प्रहरीमा सप्तरीमा तेब्बर संख्यामा आवेदन परेको छ । शुक्रबार अन्तिम दिनसम्म नौ हजार ४ सय २४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । त्यस दिनसम्ममा महिला एक हजार ११७ जना र पुरुष ८ हजार ७ जना गरी नौ हजार ४२४ जनाले आवदेन दिएका छन् । सप्तरीमा ३ हजार १३९ जनाको कोटा मात्र रहेको प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?