logo
२०८१ बैशाख १४ शुक्रवार



एसिड प्रहार गर्ने ससुरा र जेठाजु पक्राउ

खुला |
प्रदेश |


एसिड प्रहार गर्ने ससुरा र जेठाजु पक्राउ


शिवशङ्कर मिश्र
कलैया, चैत १२ गते । एसिड प्रहार गरी फरार रहेका ससुरा र जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १३ श्रीपुर निवासी ५० वर्षे ससुरा हवारी साह र ३२ वर्षे जेठाजु रामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

सोही ठाउँका उमेश साहकी पत्नी बर्ष २८ की सीतादेवी पटेल ना ६० प ७२७९ नम्बरको स्कुटीबाट आफनाे माईती कलैया आउनेक्रममा शुक्रबार राती करिब ८ बजे कलैया–वीरगंज सडकखण्ड अन्तर्गत बाटोमा ससुरा र जेठाजुले एसिड प्रहार गरी फरार भएका थिए ।

एसिड प्रहारबाट घाइते महिलाको कलैया अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पठाइएको छ । महिलाको अवस्था गम्भीर बन्दै गएकाले दोषीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

एसिड प्रहारको घटनामा अधिकांश नजिकका ब्यक्ति आफन्तसहितको घर परिवारबाट भएको अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार २०७० साल यता १६ जनामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्नेलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको कानुन व्यवसायी शिवनाथप्रसाद यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?