logo
२०८१ बैशाख १२ बुधवार



भावनाको एकीकरण हुनुपर्छ : नेता महतो

खुला |
प्रदेश |


भावनाको एकीकरण हुनुपर्छ : नेता महतो


साबित्री गिरी
कोहलपुर, चैत १२ गते । पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनुभएको छ ।

संविधानले अझैपनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन गरी सबैको भावना समेट्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ठ नेता समेत रहेका महतोले देश बनाउन जमिन र जनतालाई मात्र नजोडेर आवश्यकतालाई पनि जोड्नुपर्ने बताउनुभयो ।

शनिवार बाँकेको डुडुवा गाउँपालिका ४ शाहपुर्वामा निर्माण सम्पन्न शिव र हनुमान मन्दिर उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले समानताका लागि सबैको बराबरको सिद्धान्त कार्यान्वयन हुनुपर्ने बताउनुभयो । शासनसत्ताभन्दा पनि मानसिकता सुधार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । संविधानले सबैको अधिकार समेट्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

नेपालगन्जमा पार्टीको प्रशिक्षण कार्यक्रममा आइपुग्नु भएका नेता महतो मन्दिर उदघाटन कार्यक्रममा पनि सहभागी हुनुभयो । आगामी स्थानिय तहको निर्वाचनका बिषयमा भने नेता महतोले कुनै धारणा राख्नु भएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?