logo
२०८१ बैशाख २१ शुक्रवार



नौ देश सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समूह तिलौराकोटमा

खुला |
पर्यटन |


नौ देश सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समूह तिलौराकोटमा
बिज्ञ समुह (थिङक ट्यांक) को टोलीद्वारा अवलोकन । तस्विरःनारद कोहार।


 

नारद कोहार

तौलिहवा, चैत्र १३ गते । गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा नाै देश सम्मिलित अन्तरार्ष्टिय विज्ञ समूह (थिङ्क ट्यांक)ले अवलोकन गरेका छन् । बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सुझाव दिन गठित थिङ्क ट्यांक समूह लुम्बिनी हुँदै तिलौराकोट आएका हुन् । समूह लुम्बिनीमा तीन दिन कार्यशाला सम्पन्न गरी तिलौराकोट पुगेका थिए ।

टोलीले तिलौराकोट र चेत्रादेईमा भइरहेको उत्खनन स्थलको अनुमगन र निरीक्षण युनेस्को हेडक्वाटरका प्रा. रोलान लिनलको अगुवाइमा गरेको हो । टोलीलाई बेलायतस्थित दुर्हम विश्वविद्यालयका प्रा. रबिन कनिङघमले तिलौराकोट क्षेत्रमा विगत १० वर्षदेखि गरिएको उत्खनन, उपलब्धि, ऐतिहासिक पृष्ठभूमि, प्रगतिलगायतका विषयमा जानकारी गराएका थिए ।

तिलौराकोटको पूर्वी, पश्चिमी, उत्तर र दक्षिण क्षेत्रमा गरिएको उत्खनन, भेटिएका प्रमाणहरुले विज्ञ टोलीहरु उत्साही भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । विज्ञहरुको टोलीले अध्ययन अनुसन्धान गरेपछि बृहत्तर लुम्बिनी विकासमा के कस्तो विकास नर्ग सकिन्छ भन्ने बारे सुझाव दिने उहाँले बताउनुभयो । टोलीको आमगनले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको तिलौराकोट क्षेत्रको विकासमा समेत मद्दत मिल्ने उहाँले बताउनुभयो ।

विश्व सम्पदा सूचीमा बुद्धस्थल तिलौराकोटलाई सूचीकृत गर्न यस आगमनले मद्दत मिल्ने लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राईले बताउनुभयो । तिलौराकोट र रामग्राम सन् १९९६ मा युनेस्को टेन्टेटिभ लिस्टमा परेकाे छ। 

टोलीमा जापानका विश्वविद्यालयका प्राध्यापकहरू, थाइल्यान्ड, अस्टेलिया, अमेरिका, श्रीलङ्का, फ्रान्स, भारत, म्यानमार, इटालीलगायतका देशका विज्ञहरु छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?