logo
२०८० चैत्र १६ शुक्रवार



ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

खुला |
प्रदेश |


ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते


चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –९ हाङ्देवाको बुङ्कुलुङमा शनिबार साँझ मे १ त ७७८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा फुङ्लिङ नगरपालिका ८ बस्ने २८ वर्षीय रुपेश राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ जाँदैगरेको सो ट्रयाक्टर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार घाइते हुनेमा फुङ्लिङ नपा–६ का सबिन लिम्बू, वडा ७ का दिनेश राई र काजीमान बानियाँ रहनुभएको छ ।

घाइतेमध्ये राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । सामान्य घाइते दुईजनाको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज हुनुभएको छ । यता मृतकको शव पोष्टमार्टम लगायत प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रयाक्टरका चालक फरार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?