logo
२०८१ बैशाख ८ शनिवार



उन्नाईस करोड रूपियाँकाे लागतमा खानेपानी आयोजना

खुला |
प्रदेश |
समाज |


उन्नाईस करोड रूपियाँकाे लागतमा खानेपानी आयोजना


नारद कोहार
तौलिहवा, चैत १३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेस्थित गोरुसिंगे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा १९ करोड रूपियाँ लागतकाे खानेपानी आयोजनाको शिलान्यास भएको छ । साढे ४ लाख लिटर पानी अटाउने क्षमताको टंकी निर्माणसहितको १९ करोड १० लाखको लागतमा योजना निर्माणको शुभारम्भ गरिएको हो ।

ट्यंकी निर्माणको फाउन्डेशनमा पूजापाठ गरी आयोजनाको शिलान्यास नगर प्रमुख केशवकुमार श्रेष्ठले गर्नुभयो । नगरभित्रै सबैभन्दा बढी लागत र ठूलो खानेपानी आयोजनाले सबै वडावासीहरु शुद्ध खानेपानीबाट वञ्चित हुन नपर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिका २ वडाका बासिन्दाले अब स्वच्छ पानी पिउन पाउने बताउनुभयो । आयोजना तोकिएकै सयममा पूरा गर्न वडावासी र उपभोक्ता समितिलाई समेत साथ दिन उहाँले आग्रह गर्नुभयो ।

कुल २९ करोड रुपियाँ लागतको आयोजना रहे पनि शर्मा भिमेश्व जेभीले १९ करोड १० लाखको लागता ठेक्का लिएको आयोजना प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । यसअघि आयेजना निर्माणस्थलमा सवा १ लाख लिटरको टंकी निर्माण गरी गोरुसिंगेमा खोनेपानी आपूर्ति हुँदैआएको छ । गाउँबस्तीको विस्तार र परिवार संख्या बढेसँंगै वडामा शुद्ध खानेपानीको अभाव भएपछि नयाँ खानेपानी आयोजना सुरु गरिएको उहाँले बताउनुभयो ।

बुद्धभूमि २ का वडाध्यक्ष भेषराज खनालले आफ्नो वडामा नगरकै सबैभन्दा ठूलो आयोजना सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । अब वडामा खानेपानीको समस्या हट्ने उहाँले बताउनुभयो । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत नेपाल सरकारको, २० प्रतिशत नगरपालिका र १० प्रतिशत उपभोक्ता समितिको छ । आयोजना सुभारम्भ भएको १८ महिनाभित्र ट्यंकी निर्माण, ४८ किमी पाइप बिछ्याउने कार्य, पानी प्रशोधन एकाइ स्थापना, ४ वटा डिप ट्युबवेल निर्माण गरिेनेछ । त्यसपछिको एक वर्षको अवधिमा अप्रेशन र मेन्टेनेन्स तथा तालिम दिइनेछ ।

आयोजनाबाट २१ हजार ४ सय ६१ घरपरिवार लाभान्वित हुनेछन् । गोरुसिंगे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनले नगरकै ठूलो खानेपानी आयोजनाले वडावासीमा खुसीयाली छाएको बताउनुभयो । यसको निर्माणमा सबैले आ–आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । नरेन्द्रराज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मीरा थारुलागायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?