logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत तोकियो

खुला |
प्रदेश |


स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत तोकियो
फाइल तस्विर


नविन शिशिर विक
बागलुङ, चैत १३ गते । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले एक मुख्य निर्वाचन अधिकृत र नौ जना निर्वाचन अधिकृत तोकेको हो ।

बागलुङ नगरपालिकामा जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृतको रुपमा नियक्त हुनुभएको छ । आयोगले काठेखोला गाउँपालिकामा सर्वाेच्च अदालतका इजलास अधिकृत हर्कबहादुर क्षेत्री, गलकोट नगरपालिकामा उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्रप्रसाद भुसाल, जैमिनी नगरपालिकामा जिल्ला अदालत बागलुङका सेस्तेदार सूर्यप्रसाद भण्डारी नियुक्त हुनुभएको छ ।

त्यस्तै, ढोरपाटन नगरपालिकामा श्रम अदालतका स्रेस्तेदार लालसिंह थापा, तमानखोला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय बागलुङका न्यायधिवक्ता लालप्रसाद लामिछाने, ताराखोला गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय बागलुङका उपन्यायाधिवक्ता गोपालप्रसाद ढकाल, निसीखोला गाउँपालिकामा परराष्ट्र मन्त्रालयका उपसचिव दिलीपकुमार पौडेल, बडिगाड गाउँपालिमा विशेष सरकारी वकिल कार्यालय तथा आयोगका उपन्यायाधिवक्ता सीतादेवी सुवेदी र बरेङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव मनिराम ज्ञवाली नियुक्त हुनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङले चैत १५ गते जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यसलगतै पालिकास्तरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि जिल्लामा चुनाव लक्षित निर्वाचत गतिविधि तीव्र भएका छन् । राजनीतिक दलले जिल्ला, पालिका, वडा र टोल कमिटीमा सङ्गठन विस्तार, सङ्गठन पुनःनिर्माण, भेला तथा प्रशिक्षण र जनसङ्गठनलाई क्रियाशील बनाउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?