logo
२०८१ बैशाख १३ बिहीवार



काँग्रेस हुम्लाको विवाद सल्टियो

खुला |
प्रदेश |


काँग्रेस हुम्लाको विवाद सल्टियो


राजन रावत
हुम्ला, चैत १३ गते । नेपाली काँग्रेसको हुम्ला जिल्लाको सातौ जिल्ला अधिबेशनबाट चुलिएको बिबाद समाधान भएको छ । पार्टीको संस्थापन र इतर समुहबिच पार्टीलाई एक ढिक्का बनाएर लैजाने सहमति दुई पक्षबीच भएपछि समानन्तर समिति पनि भङ्ग भएको छ ।

काँग्रेस हुम्लाका सभापति बसन्त रोकायाकाअनुसार हुम्ला काँग्रेसमा यसअघि देखिदैआएको बिबाद समाधान भएको छ । सातौ जिल्ला अधिबेशनमा भाग नलिएको संस्थापनइतर समुहले सोहीबेला जिल्लामा समानान्तर समिति गठन गरेको थियो । स्थानीय तहको निर्वाचनअघि दुई पक्षबीच भएको छलफल र समन्वयबाट उक्त समिति भङ्ग गर्ने सहमति बनेको छ ।

काँग्रेसकी संविधान सभा सदस्य रीता शाहीले एक विज्ञप्ती प्रकाशित गरि अब जिल्लामा काँग्रेसकाबिच कुने बिबाद नभएको र एक भएर अगाडि बढ्ने बताउनुभयो । यसअघि रामबहादुर भण्डारीको नेतृत्वमा जिल्लामा समानान्तर समिति गठन भएको थियो ।

काँग्रेसलाई कसैले भ्रममा नपार्न र सुदृढ बनाउन हामी एक भएर सहमति, सहकार्य, सहअस्तित्वअनुसार अघि बढ्ने काँग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?