logo
२०८१ बैशाख ६ बिहीवार



ज्यान मारेको आरोपमा तीन जना पक्राउ

खुला |
प्रदेश |


ज्यान मारेको आरोपमा तीन जना पक्राउ


शेरबहादुर राई
ओखलढुङ्गा, चैत १३ गते । ज्यान मारेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लिखु गाउँपालिका –२ का राजेन्द्र खड्का वडा ४ का मकरे भन्ने धनबहादुर सार्की र सोही वडाका रुपबहादुर मग्रातीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनिहरुविरुद्ध दैलेख जिल्ला नमुले गाउँपालिका –३ का ३१ वर्षिय मनबहादुर विकलाई मारेर फालेको आरोप लागेको छ । विक गत माघ १३ गते लिखु गाउँपालिका ४ यसममा मृत फेला पर्नुभएको थियो । विक यसमको मचबारीस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भवनमा मजदुरका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पक्राउ परेको तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?