logo
२०८१ बैशाख १४ शुक्रवार



सिन्धुलीगढी दरबारको पुनःनिर्माण अन्तिम चरणमा

खुला |
प्रदेश |


सिन्धुलीगढी दरबारको पुनःनिर्माण अन्तिम चरणमा


बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत १३ गते । सिन्धुलीमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैगएको कमलामाई नगरपालिका –३ स्थित ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दरबारको गाह्रो लगाउने काम सकेर अहिले छानोको काम भइरहेको, आगामी असार महिनाभित्र सक्नेगरी धमाधम काम भइरहेको कमलामाई नरपालिकाले जनाएको छ ।

तत्कालिन समयमा पूर्व २ नम्बर क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको गढी दरबार २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणविहिन भई भत्किएर भग्नावशेषमा परिणत भएको थियो । लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरु नष्ट हुदै गएपछि गत माघदेखि पुनःनिर्माण कार्य सुरु गरिएको स्थानिय बासिन्दाको भनाई छ ।

नगरपालिकाकाअनुसार सो दरबार ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपियाँको लागतमा पुनर्निर्माण थालिएको हो । कमलामाई नगरपालिका सिन्धुली र वागमती प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी दरबारको पुनःनिर्माण थालेको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचनपछि कमलामाई नगरले सिन्धुलीगढीलाई प्राथमिकतामा राखेर पुनर्ःिर्माण थालेको मेयर खत्रीको भनाई छ । उहाँले भन्नुभयो, ‘सिन्धुलीगढी दरवारको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण थालिएको छ ।’ २०२० सालअघिसम्म सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीगढीमै थियो ।

उहाँकाअनुसार दरबारको पुनर्निर्माणको जिम्मा तुल्सी एरिसा जेभी भक्तपुरले पाएको छ । यसको पुनर्निर्माण कार्य २०७९ जेठ १६ गतेभित्र सक्नेगरी सम्झौता भएको छ, । गढी दरबार तत्कालिन श्री ३ माहाराज जंगबहादुर राणाका भाई बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गर्नुभएको थियो । नगरपालिकाकाअनुसार सिन्धुलीगढी लाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उद्देश्यकासाथ सो दरबार परिसरमा नेपालमै पहिलो युद्ध सङग्रहालय निर्माणको काम सम्पन्न भइसकेको छ । सङग्रहालय नेपाली सेनाले निर्माण गरेको हो ।

सङग्रहालयमा पृथ्वीनारायण शाहको शालीक स्थापना, पिकनीक स्पट, घेरबेरलगायतको काम सकिएका छ । नेपाल अंग्रेज युद्धका क्रममा बृटीस अंग्रेजहरुको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गर्ने कार्य थालिएको छ ।

कमलामाई नगरपालिकाले सिन्धुलीगढीको पुनर्निर्माण, संरक्षण र सम्बद्र्धन उच्च प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाका बाताबरण शाखा प्रमुख सागरकुमार ढकालले बताउनुभयो । उहाँकाअनुसार सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले १८२४ असोज १५ गतेका दिन ब्रीटीश अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको स्थल मानिन्छ ।

गोर्खाली फौजकाकारण नेपाललाई नै व्रिटिसको उपनिवेश हुनबाट जोगाएको ऐतिहासिक स्थल भएकैकारण पनि सिन्धुलीगढीको ऐतिहासिक महत्व रहेको उहाँले बताउनुभयो । सिन्धुलीगढी पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेको उत्कृष्ट एकसय पर्यटकीय गन्तव्य स्थलमध्यको स्थल हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?