logo
२०८१ बैशाख १४ शुक्रवार



आत्मनिर्भर बनाउन महिलालाई हस्तकला तालिम

खुला |
प्रदेश |
समाज |


आत्मनिर्भर बनाउन महिलालाई हस्तकला तालिम


जानु पाण्डे
कपिलवस्तु चैत १३ गते । महिलालाई आत्मनिर्भर बनाउन कपिलवस्तुको शिवराज नगरपालिकाले सीपमूलक तालिम सम्पन्न गरेको छ । नगरपालिकाको वडा २ को किशोरी तथा महिलाका लागि ढकिया, मखमल र ढाकाको जुत्ता बनाउने, र सेनेटरी प्याड बनाउने सीपमूलक तालिम प्रदान गरेको हो ।

महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम प्रदान गरिएको वडा २ का वडा अध्यक्ष रामबहादुर चौधरीले बताउनुभयो । सीप सिकेपछि व्यवसाय सञ्चालन गरेमा बजारीकरणका लागि पालिकाले प्राथमिकता दिने अध्यक्ष चौधरीले प्रतिबद्धता जनाउनुभयो ।

दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले प्रशिक्षकले सिकाएको ज्ञानलाई व्यवहारमा उतारेर महिलाले पनि आत्मनिर्भर हुन सक्छन् भन्ने प्रमाणित गर्न सहभागीलाई आग्रह गर्नुभयो । वडाका ३८ जना किशोरी र महिलालाई १० दिने सीपमूलक तालिम दिइएको उहाँले बताउनुभयो । तालिममा ज्योति पुन, तारावती चौधरी, हिरामान्ती थारु लगायतले सहजीकरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?