logo
२०८० चैत्र १६ शुक्रवार



दुई उपकेन्द्रसहित हुम्लामा ५४ वटा मतदान केन्द्र

खुला |
प्रदेश |


दुई उपकेन्द्रसहित हुम्लामा ५४ वटा मतदान केन्द्र


राजन रावत
हुम्ला, चैत १४ गते । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हुम्लाका लागि दुई वटा उपकेन्द्रसहित ५४ वटा मतदान केन्द्र आयोगले निर्धारण गरेको छ । एक हजारभन्दा बढी मतदाता संख्या रहेका दुई वटा मतदान केन्द्रलाई उपकेन्द्र थप गरेर अघिल्लो निर्वाचनभन्दा मतदान केन्द्रको संख्या बृद्धि गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी श्यामबहादुर रानाकाअनुसार स्थानीय निर्वाचनका लागि सातवटै गाउँपालिकाका लागि ५२ वटा मतदानस्थल र ५४ वटा मतदात केन्द्र निर्वाचन आयोगले निर्धारण गरेको छ । त्यसमा ५२ वटा मतदान केन्द्र र दुईवटा उपकेन्द्र रहेको छ । २०७४ सालको स्थानीय निर्वाचनभन्दा दुई वटा मतदान उपकेन्द्र बढी थपिएको छ । जसमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका–७ को टुलिङ र ताँजाकोट गाउँपालिका– ३ कैलाश आधारभुत विद्यालय थापा गाउँमा मतदान उपकेन्द्र थप गरिएको उहाँले बताउनुभयो ।

उपकेन्द्र जिल्लाको मागअनुसार आयोगले निर्धारण गरेको जनाएको छ । यसपटकको स्थानीय निर्वाचनका लागि गाउँपालिकाकाअनुसार निर्धारण गरिएका मतदान केन्द्र सङ्ख्यामा नाम्खा गाउँपालिकामा १०, सिमकोटमा नौ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेलीमा सात, अदानचुलीमा ६ वटा र ताँजाकोट गाउँपालिकामा ६ वटा रहेको कार्यालयले जनाएको छ ।

३२ हजार ५८१ मतदाता
स्थानीय तह निर्बाचका लागि सातवटै गाउँपालिकाको गरी कुल ३२ हजार ५८१ मतदाता कायम भएको निर्बाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदातामा सार्वजनिक गरिएको छ । अन्तिम रुपमा सार्वजनिक भएको मतदाता नामावलीअनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३२ हजार ५८१ कायम रहेको छ । जसमा महिलाको मतदाता १५ हजार ६०७ रहेको छ । पुरषको सङ्ख्या १६ हजार ९७४ रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाकाअनुसार नाम्खा गाउँपालिकामा तीन हजार १८२, सिमकोटमा ६ हजार ६३६, खार्पुनाथमा चार हजार ४७, सर्केगार्डमा ६ हजार ६८०, चङ्खेलीमा तीन हजार ५४८, अदानचुलीमा चार हजार ७२० र ताँजाकोट गाउँपालिकामा तीन हजार ७६८, मतदाता रहेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा जिल्लाको मतदाता संख्या २९ हजार ३८८ रहेको थियो । गत माघ २४ गतेसम्म अन्तिम मतदाता नामावली सङ्कलन गर्ने काम भएको थियो । अघिल्लो निर्वाचनभन्दा यस पटक तीन हजार १९३ मतदाता थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?