logo
२०८१ बैशाख १३ बिहीवार



मधेस प्रदेशमा प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री राउत

खुला |
प्रदेश |


मधेस प्रदेशमा प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री राउत


जीबछ यादव
लहान, चैत १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासमा प्राविधि श्क्षिा आवश्यक रहेको बताउनुभएको छ । सिरहाको लहानमा सोमबार लर्डबुद्ध युनिक एकेडेमीको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

पुरानो र परम्पराादी शिक्षा नीतिले प्रदेशको समृद्धि र विकास सम्भव नभएकाले माटो सुहाउँदो प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले गृहकार्य थालेको मुख्यमन्त्री राउतले जोड दिनुभयो । प्रदेशमा कृषि, पर्यटन, उद्योग सञ्चालन गर्न दक्ष प्राविधिकको संख्या अपुग रहेकाले प्राविधिक शिक्षालाई मधेस प्रदेश सरकारको ध्यान गएको उहाँले प्रष्ट पार्नुभयो ।

विकट मानिने कर्णाली प्रदेशभन्दा पनि पछिपरेको यस प्रदेशको शैक्षिक अवस्थामा सुधार ल्याउन संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य र अनुभव सटासाट गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । मुख्यमन्त्री राउतले भन्नुभयो, ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमले छोरीलाई पनि छोरा सरहको शिक्षामा प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । महिला हिंसाको जननी रहेको दाइजोप्रथा हटाउन सबैको साकारात्मक पहल हुनुपर्ने उहाँले बताउनुभयो ।

छोरी शिक्षित भए मात्रै समाज शिक्षित हुने भएकाले प्रदेश सरकारले नारी शिक्षालाई बढावा दिइरहेको मुख्यमन्त्री राउतले बताउनुभयो । शिक्षाको स्तरोन्नतिका लागि प्रदेशस्तरीय अनुगमन कार्यलाई अघि बढाउनमा उहाँले जोड दिनुभयो । सोचेअनुसारको परिवर्तन र किासको लहर ल्याउन संघीय सरकारबाट बजेट नआउनु चुनौती भएको भन्दै शिक्षाको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले साझा धारणा बनाउन जरुरी रहेको उहाँले चर्चा गर्नुभयो ।

मधेस प्रदेशमै लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसले गरेको प्रगति सन्तोषजनक रहेको भन्दै क्याम्पसमा पाविधिक शिक्षणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लर्डबुद्ध एकेडेमीका प्रिन्सिपल सञ्जय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लहानका विभिन्न राजनीतिक दलका प्रतिनिधि शिक्षा क्षेत्रका अगुवा र लहान नगरपालिकाका उपप्रमुख सरियारकुमारी चौधरीले मधेसको शिक्षा सुधारमा प्रदेश सरकारको मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?