logo
२०८० चैत्र १५ बिहीवार



दुर्घटनामा चालकको मृत्यु

खुला |
प्रदेश |


दुर्घटनामा चालकको मृत्यु


जनार्जन खत्री
सर्लाही, चैत १४ गते । सर्लाहीको सलेमपुरमा सोमबार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते हुनुभएको छ ।

कबिलासी नगरपालिका –१०, सलेमपुरस्थित मलङ्गवाबाट बरहथवा जानेक्रममा दिउँसो १ः३० बजेतिर प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा मोटरसाईकल चालक मलङ्गवा नगरपालिका –३ बस्ने २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुुनुभएका मिकरानीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडि सवार मलङ्गवा नगरपालिका–३ कै निवासी २६ वर्षीय मकबुल लहरी सफि गम्भीर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुर्घटनामा परेको मोटरसाईकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?