logo
२०८१ बैशाख १३ बिहीवार



पच्चीस समूहमा निर्वाचन अचारसंहिता लागु हुने

खुला |
प्रदेश |


पच्चीस समूहमा निर्वाचन अचारसंहिता लागु हुने


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १४ गते । स्थानीय तहको आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाल सरकारका मन्त्रीसहित २५ समूहमा आचारसंहिता लागु हुनेगरी निर्वाचन अचारसहिंता निर्माण गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सोमबार जनकपुरमा निर्वाचन अचारसहिंताको प्रभावकारी कार्यान्वय र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सोको जानकारी दिनुभयो । निर्वाचन अचारसंहिताका प्रमुख विषय र सरोकारवालको भूमिकामा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संबैधानिक निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई अचारसंहिता लागु हुने बताउनुभयो ।

त्यस्तै, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोमा कार्यरत कर्मचारी, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी, सामुदायिक विद्यालय विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, विकास साझेदार संस्था, मतदाता, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तिय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, कामदार, वस्तु तथा सेवाप्रदायक व्यवसायिक संस्थाका पदाधिकारीमा निर्वाचन अचारसंहिता लागू हुने उहाँले बताउनुभयो ।

अचारसहिंता लागू गरिने मिति निर्वाचन आयोगले घोषणा गरेदेखि लागू हुने जानकारी दिदै उहाँले पेस्की लिएर फछर््योट गरेको छैन भने निर्वाचनमा उम्मेदवार बन्न नपाउने अचारसंहितामा उल्लेख रहेको बताउनुभयो । निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगबाट पूर्व स्वीकृति लिएर मात्र गर्न पाउने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा राजनीतिक दलको आयव्यय, निर्वाचन खर्च र प्रचार प्रसारसम्बन्धी अचारसंहिता कार्यपत्र प्रस्तुत गर्नुहुदै पूर्व कानून सचिव तथा नेपाल कानून समाजका कार्यकारी सदस्य माधव पौडेलले दल र उम्मेदवारले खर्च गर्न पाउने सीमाबारे जानकारी गराउनुभयो । निर्वाचन अचारसंहिता पालन नगरिएको ठहर भएमा दण्ड जरिवानादेखि निर्वाचित उम्मेदवारको निर्वाचत स्वतः रद्द हुने उहाँले बताउनुभयो ।्

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचन अचारसंहिता उल्लङ्घन नगर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । सरोकारवाला सबैले अचारसंहिता पूर्ण रुपमा पालना गरी स्वच्छ, निस्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?