logo
२०८१ बैशाख ११ मंगलवार



हातहतियार बुझाउन कपिलबस्तु प्रशासनको निर्देशन

खुला |
प्रदेश |


हातहतियार बुझाउन कपिलबस्तु प्रशासनको निर्देशन


 

नारद कोहार

कपिलबस्तु, चैत्र १५ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले हातहतियार बुझाउन निर्देशन दिएको छ । इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयले नजिकैको प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?