logo
२०८१ बैशाख ८ शनिवार



ओखलढुङ्गामा १ लाख १७ हजार ८५ जना मतदाता

खुला |
प्रदेश |


ओखलढुङ्गामा १ लाख १७ हजार ८५ जना मतदाता


शेरबहादुर राई
ओखलढुङ्गा, चैत १५ गते । ओखलढुङ्गामा मतदाताको संख्या एक लाख १७ हजार ८५ जना कायम भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा कुल मतदाता संख्या एक लाख १७ हजार ८५ पुगेको तथ्याङ्क सार्वजानिक गरिएको हो ।

तथ्याङ्कअनुसार पुरुष ५९ हजार १ सय ६२ र महिला मतदाता संख्या ५७ हजार ९ सय २२ जना रहेका छन् । महिलाभन्दा पुरुष मतदाताको संख्या १२ सय ४० ले बढि रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेमप्रसाद न्यौपानेले बतानुभयो । जिल्लामा अन्यबाट एक जना मतदाता रहेको आयोगको सुचनामा उल्लेख छ ।

अन्तिम मतदाता नामावलीअनुसार जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा सबैभन्दा धेरै २० हजार ७ सय ९० र सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा ११ हजार ६ सय २० मतदाता संख्या छन् ।

यस्तै, मानेभञ्ज्याङ गाउँपालिकामा १५ हजार ३ सय ९०, सुनकोशी गाउँपालिकामा १५ हजार ३ सय ४२ र चम्पादेवी गाउँपालिकामा १५ हजार ४७ मतदाता कायम भएका छन् । लिखु गाउँपालिकामा १३ हजार ४ सय ११, मोलुङमा १३ हजार १ सय ७ र खिजीदेम्वा गाउँपालिकामा १२ हजार २ सय ९८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

आयोगले जारी गरेको अन्तिम नतिजाअनुसार जिल्ल्लामा मतदान स्थल ७९ वटा छन् । मतदान केन्द्र १५० वटा रहेका छन् । जसमा सिद्धिचरण नगरपालिकामा सबैभन्दा धेरै १४ मतदान स्थल र २५ मतदान केन्द्र कायम गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?