logo
२०८१ बैशाख १४ शुक्रवार



भीमेश्वर नगरपालिकामा तालाबन्दी

खुला |
प्रदेश |


भीमेश्वर नगरपालिकामा तालाबन्दी


बाबुराम शर्मा
चरीकोट, चैत १५ गते । नेपाली काँग्रेस भीमेश्वर नगर समितिले भीमेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । नगरवासीले तिरेको करबाट विभिन्न शीर्षकमा आफू निकट कार्यकर्तालाई रकम वितरण गरेको भन्दै काँग्रेस नगर समितिले मङगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

काँग्रेस भीमेश्वर नगर समितिका सभापति शङकर कार्कीको नेतृत्वमा नगरपालिकाको कार्यालयमा गई सो टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको जनाएको छ । नेपाल सरकार, प्रदेश र स्थानीय सरकारका सबै निकाय, राजनीतिक दलसहित सिङगो मुलुक आसन्न स्थानीय तहको निर्वाचन तयारीमा जुटिरहेकाबेला नगरपालिकाले विभिन्न शीर्षकमा राज्य कोषको रकम वितरण गरेको काँग्रेसको आरोप छ ।

समितिले सरकारी ढुकुटीबाट नगरप्रमुख र उपप्रमुखको तोकआदेशमा रकम वितरण गर्नु सरकारी पूँजीको चरम दुरुपयोग र भ्रष्टाचार भएको भन्दै बिरोध जनाएको छ । नगर सभापति कार्की नेतृत्वको टोलीले स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुन तथा ऐनमा कुनै पनि बजेट वा कार्यक्रम बनाउँदा विनियोजन ऐन अनुसार गर्नुपर्ने भएपनि आफूअनुकुल गरिएको आरोप लगाएको छ ।

काँग्रेस भीमेश्वर नगर कार्यसमितिले नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दैआएको गाडी समेत दल विशेषका चुनावी अभियानमा प्रयोग भैरहेको काँग्रेसको आरोप छ । तत्काल ती साधन कार्यालयमा फर्काउन र दुरुपयोग रोक्न सो दलले माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?