logo
२०८१ बैशाख ८ शनिवार



भ्रष्टाचार र शुुसासन सँगसँगै जान सक्दैन : आयुक्त चन्द

खुला |
प्रदेश |


भ्रष्टाचार र शुुसासन सँगसँगै जान सक्दैन : आयुक्त चन्द


राजन रावत
हुम्ला, चैत १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले राष्ट्रमा भ्रष्टाचारको अन्त्य नभएसम्म शुसासन कायम हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार यहाँ भएको भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुुुभयो ।

राष्ट्र«सेवक कर्मचारीमा इमानदारिता र पारदर्सिता गर्ने ईच्छाशक्ति नभएसम्म शुसासन कायम हुन नसक्ने उहाँले बताउनुुभयो । अर्को कुरा राज्यबाट जनताका लागि प्रबाह हुुने कार्यमा पारदर्सिता कायम गर्न नसके भ्रष्टाचार नियन्त्रणमा सफलता हात पार्न नसकिने उहाँले बताउनुुभयो । अर्को कुरा बोलेर मात्र सम्बृद्धि नआउने बताउँदै उहाँले त्यसका लागि पहिलो कुरा भ्रष्टाचार नियन्त्रणमा सबैले आत्मैबाट सोच्नेबेला आएको बताउनुुभयो ।

भ्रष्टाचार नियन्त्रणमा सहयोग पुुर्याउन आयोगले देशभर प्रबद्र्धनात्मक काम गरिरहेको बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रणमा कर्मचारीको ठूलो भूूमिका रहेको चर्चा गर्नुभयो । अख्तियारलाई सधै साना माछा मात्र समाउने आरोप लाग्नेगरेको बताउँदै उहाँले भर्खरै खानी र मल काण्डमा अर्ब रुपियाँभन्दा बढी हिनामिना भएको काण्ड अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेर कानूूनभन्दा कोही पनि माथि नभएको बताउनुुभयो ।

अख्तियार जिल्लामा बाजा बजाएर नआउने बताउँदै अख्तियारले आफ्नो कार्य आश्चर्यचकित पार्नेगरी गरिरहेको बताउनुुभयो । अख्तियारले सूचना दिने सम्बाहक घर–घरमा उत्पादन गर्न हाल यस्ता प्रबद्र्धनात्मक कार्य गरिरहेकाले यसलाई स्थानीय तहस्तरमा लग्ने तयारीमा आयोग रहेको चर्चा गर्नुभयो ।

यसअघि जनप्रतिनिधिहरु र कर्मचारीलाई आयोगका सहसचिव राजेन्द्र केसी र आयोगको सुर्खेत कार्यालय प्रमुखले भ्रष्टाचार नियन्त्रण र कर्णालीका जिल्लाको उजुरी सम्वन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत र प्रमुख जिल्ला अधिकारी सीता परियारले भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीले चाहेमा न्यूूनीकरण गर्न सकिने बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?