logo
२०८१ बैशाख ११ मंगलवार



सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग

खुला |
प्रदेश |


सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग


देवरामप्रसाद यादव
सप्तरी, चैत १५ गते । सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई भइरहेकोप्रति जनता प्रगतिशील पार्टी नेपालले आपत्ति जनाएको छ । सप्तरीको अधिकांश स्थानिय तहमा दुई किस्ताको रकम वितरण भइसकेको र तेस्रो किस्ताको रकम वितरणको तयारी भइरहँदा तिलाठी कोईलाडी गाउँपालिकामा हालसम्म एक किस्ता मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सो दलको आरोप छ ।

ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका ब्यक्ति बालबालिकासहित सिमान्तकृत समुदायको सुरक्षाका लागि राज्यले उपलब्ध गराउँदैआएको आर्थिक सहयोग गाउँपालिकाले समयमा बितरण नगर्दा ज्येष्ठ नागरिकको औषधी उपचारमा कठिनाई भइरहेको सो दलको भनाई छ ।

कुनै बहानामा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई नगरी समयमै वितरण गर्न सो दलले माग गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका ब्यक्ति बालबालिकासहित सिमान्तकृत समुदायप्रति सम्मान प्रकट गर्न जनता प्रगतिशील पार्टी नेपालका केद्रीय सदस्य हेमशंकर सिंहले आग्रह गर्नुभयो ।

तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाकाअनुसार सेवाग्राहीले बैंकमा आफनो नाममा खाता नखोलेको कारण समयमा रकम निकासा नभएको बताउनुभयो । सेवाग्राहीले खाता खोल्ने वित्तिकै रकम दाखिला गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?