logo
२०८१ मंसिर ८ शनिवार



ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु

खुला |


ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु


काठमाडौं, चैत १६ गते । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट ज्यान गएको हो ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको ट्रिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले ट्रिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।

घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?