logo
२०८१ बैशाख १४ शुक्रवार



छ सय घर खरको छानामुक्त हुँदै

खुला |
समाज |


छ सय घर खरको छानामुक्त हुँदै
खरको छानामुक्त गरी जस्तापाता लगाएको घर । तस्बिर - कमल शर्मा



कमल शर्मा
दैलेख, चैत १६ गते । नारायण नगरपालिकाका छ सय घरधुरी खरको छानामुक्त भएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण घरमा खरको छाना र माटो हालेर निर्माण गरेका मुन्ना घरका कारण नागरिकहरू समस्यामा भोग्नु परेको समस्यालाई विचार गर्दै नारायण नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा खरको छानामुक्त र मुन्ना घर विस्थापित गर्ने नीति नगर सभाबाट पारित कार्यविधि निर्माण गरी अभियान सुरु गरेको थियो।  सोही अभियान अन्तरगत हालसम्म ४५९ घरको छानामुक्त गर्न जस्तापाता वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले हिउँदको समयमा आगलागीको समस्या हुने र वर्षाको समयमा चुहिने समस्यामा रहेको नागरिकलाई यो बाध्यताबाट हटाउन खरको छानामुक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले नगरपालिका ११ वटै वडामा खरको घर र माटोको मुन्ना घरको तथ्याङ्क संकलन कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

नगरप्रमुख खड्काले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारको एक करोड,नारायण नगरपालिका ३० लाख र प्रदेश सरकारको ३० लाख गरी एक करोड ६० लाखको टेन्डर आह्वान गरी पाता खरिद गरेर ३१९ र थप १४० घरलाई जस्तापाता वितरण गरेको बताउनुभयो । यो आर्थिक वर्षमा प्रदेश सरकारको २० लाख नगरपालिकाको २० लाख गरी ४० लाखको टेन्डर आह्वान गरी जस्ता पाता खरिद गरेको र वितरण कार्य चलिरहेको बताउनुभयो ।

नगरपालिकाले यो आर्थिक वर्षमा खरको छाना भएका छ सय घर खरको छानामुक्त गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले लामो समयदेखि जस्तापाता लगाएर बसेका र जीर्ण भएर चुहिने भएका घरको छाना परिवर्तन गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?