logo
२०८१ बैशाख ८ शनिवार



खानेपानी टंकी बनेको १२ वर्षसम्म उपभोक्ताको घरमा पानी पुगेन

खुला |
प्रदेश |


खानेपानी टंकी बनेको १२ वर्षसम्म उपभोक्ताको घरमा पानी पुगेन
फाइल तस्विर


गोपी ज्ञवाली
नवलपरासी, पुस १६ गते । पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको बैरिहवामा खानेपानी टंकी निर्माण सम्पन्न भएको बाह्र वर्ष पुग्दा पनि उपभोक्ताको घरमा खानेपानी पुगेको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय परासीले रामग्राम नगरपालिका ४ बैरिहवामा बनाएको खानेपानी टंकी निर्माण सम्पन्न भएपनि पानी घरमा लग्न नसकेको रामग्राम खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष रामकुण्डल यादवले बताउनुभयो । खानेपानी तथा सरसफाई डिविजन कार्यालय परासीले २० लाख रुपियाँको लागतमा निर्माण गरेको पानी संकलन टंकी अहिले पनि टंकी रित्तै रहेको बैरीहवाका स्थानियवासी रामधुनिय कोईरीले बताउनुभयो ।

खानेपानी स्थानिय उपभोक्ता समिति बनाइएको भएपनि परासीस्थित खानेपानी तथा सरसफाई डिविजनका कर्मचारीले खानेपानी निर्माणका लागि फरक समयमा आफै टंकी निर्माण, कम्पाउन्डवाल निर्माण, पाईप फिटिङ्गको काम, पाईप विछाउने काम गर्दैआएको पाइएको छ ।

रामग्राम नगरपालिका ४ बैरिहवाको खानेपानीजस्तै जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा रहेको बेलासपुर खानेपानी, रामग्राम नगरपालिका १५ मा रहेको सुक्रौली खानेपानी आयोजना पनि अलपत्रमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?