logo
२०८१ बैशाख ८ शनिवार



गणपुरक संख्या नपुगेपछि प्रदेशसभा बैठक स्थगित

खुला |
प्रदेश |


गणपुरक संख्या नपुगेपछि प्रदेशसभा बैठक स्थगित


धर्बेन्द्र झा
धनुषा, चैत १६ गते । मधेस प्रदेशको प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेपछि बिहिबारसम्मका लागि बैठक स्थगित भएको छ । बुधबारको वैठकमा सभामुख सरोज यादवले वैठकको काम कारवाही प्रारम्भ गर्नुभएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक परमेश्वर साह र नेकपा (एमाले) का सचेतक किशोरी साहले बैठकमा गणपुरक संख्या नपुगेको भनी सभामुख सरोजकुमार यादवको ध्यानकर्षण गराउनुभएको थियो ।

प्रदेश सरकारका मन्त्रीहरु चुनावमा केन्द्रित हुन थालेपछि केही दिनदेखि वैठक प्रभातित हुदैआएको छ । अर्को बैठक विहान ११ बजे बस्ने सभामुख यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?