logo
२०८१ बैशाख १४ शुक्रवार



दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

खुला |
प्रदेश |


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


अमरराज नहर्की
तनहुँ, चैत १६ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –१ गुणादीमा ट्रक र मोटरसाईकल एक आफ्समा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका –२ काहुँशिवपुर निवासी १९ बर्षीय तारन थापाको दुर्घटनामा परी बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबुर रेग्मीले जानकारी दिनुभयो ।

थर्पुबाट दमौली जाँदैगरेको ट्रकले र सोही दिशाबाट गुडिरहेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते युवकको दमौली अस्पतालमा उपचारका लागि लैजादैगर्दा मृत्यु भएको रेग्मीले बताउनुभयो ।

ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि फरार रहेका ट्रक चालक साँझ सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?