logo
२०८१ बैशाख २१ शुक्रवार



१४२ जनाले लिए ११ हिमालको आरोहण अनुमति

खुला |
पर्यटन |


१४२ जनाले लिए ११ हिमालको आरोहण अनुमति


काठमाडौं, चैत १७ गते । यस वर्षको आरोहणका लागि १४१ जना आरोहीले हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचना अनुसार यीमध्ये सगरमाथासहित ११ वटा हिमाल आरोहण गर्न १९ वटा आरोहण दलबाट अनुमति लिएको हो ।

आरोहण अनुमति लिनेमध्ये सबैभन्दा धेरै 'अन्नपूर्ण–एक' हिमालका लागि २५ जना छन् भने दोस्रोमा सगरमाथा र आमादब्लम हिमालका लागि २३/२३ जना छन् । ११ हिमाल आरोहण अनुमति लिनेमा १०९ जना पुरुष र ३३ जना महिला छन् ।

यस वर्ष नयाँ थप हिमालमा थापा पिक आरोहणका लागि चार जना र भेम्दाङ रि हिमाल आरोहणका लागि समेत आठ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

आरोहण शुल्क बापत विभागले चार करोड ५१ लाख ९२ हजार ९० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?