logo
२०८१ बैशाख ७ शुक्रवार



सात वर्ष पुग्दा पनि पत्रेमा बनेन पुल, स्थानीय पीडित

खुला |
प्रदेश |


सात वर्ष पुग्दा पनि पत्रेमा बनेन पुल, स्थानीय पीडित


गोकर्ण पौडेल
तुलसीपुर, चैत १७ गते । मोटरसाइलमा यात्रा गर्ने किरण गौतमलाई यो सालको वर्षामा पनि पत्रेले दुःख दिन्छ कि भन्ने पीर छ । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत गौतम दिनहुँ मोटरसाइकलमा यात्रा गर्नुहुन्छ । पत्रे खेलामा पुल बन्न लागेको ७ वर्ष वितिपनि पुल तयार नहुँदा गौतम र यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।

आर्थिक वर्ष २०७१–७२ बाट पुल निर्माणको प्रक्रिया शुरु भएको थियो । सडक डिभिजन कार्यालय दाङले दिएको जानकारीअनुसार तीन पटक पुल निमार्णको समयावधि थपिएको भए पनि पुलको काम सम्पन्न भएको छैन । पछिल्लो पटक २०७८ असार महिनाभित्रै पुल निर्माणको अन्तिम समय थपिएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयअनुसार कोभिडका कारण २०७८ चैतसम्मका लागि पुल निर्माणको समय थपिएको थियो । चैत महिना सकिन लाग्दा समेत पुल निर्माणको काम सकिएको छैन । कार्यालयका सूचना अधिकारी अनिल सुवेदीले समयमै पुल निर्माण नभए कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

४० मिटर लम्बाई ११ मिटर चौडाइ रहेको पुल निर्माणको कामको गति देख्दा यो वर्ष पनि पुल निर्माण कार्य सम्पन्न हुने स्थानीयको बुझाई छ । पुल वरपर एप्रोच, माटो फिलिङ वालको काम अझै बाँकी रहेको स्थानीय एकराज भण्डारीले बताउनुभयो ।

घोराही तुलसीपुर सडकखण्डको रानीघाट, ग्वार, चौवा, सक्राम, गुर्जे खोलामा पुल निर्माण भएका छन् । हापुर र सेवा खोलामा समेत माथिल्लो सडक क्षेत्रमा पुल बनिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?