logo
२०८१ बैशाख ११ मंगलवार



उडान नियमित नहुँदा दैनिक उपभोग्य सामग्रीे अभाव

खुला |
प्रदेश |


उडान नियमित नहुँदा दैनिक उपभोग्य सामग्रीे अभाव


राजन रावत
हुम्ला, चैत १७ गते । सडक यातायात नजोडिएको उत्तरी हुम्लामा दैनिक उपभोग्य सामग्री र बिकास निर्माणका सामानको अभाब भएको छ । नीजि एयरलाईन्सहरु काठमाडौं फर्किदा हुम्लामा नियमित उडान हुन छोडेपछि सामग्रीको अभाब भएको हो ।

उपभोक्ता नरेन्द्र भण्डारीले केही दिनयता तरकारी र माछा मासु पाउनै छाडेको बताउनुुभयो । दैनिक उपभोग्य बस्ुत माछा, मासुु, तरकारी, फलफुुल, तेल चिनी साबुन, मसलालगायतका सामग्री पाउन छाडेपछि उपभोक्ता मारमा परेको उहाँले बताउनुुभयो । त्यसैगरी बिकास निर्माणका सामग्री पनि अभाब देखिएको छ । हवाई मार्गबाट ढुवानी भएर आउने सामग्रीको भरमा जिबीका चल्दैआएकोमा हाल उडान कम भएपछि सामग्री पाउन छाडेको उहाँले बताउनुुभयो ।

पानस सपिङ सेन्टरका सरोज रावतले बजारमा दैनिक उपभोग्य सामान र विकास निर्माण सामग्री पाउने छाडेको बताउनुुभयो । एक हप्ता यता नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट सामान ढुवानी हुन छाडेपछि सामग्रीको अभाव भएको बताउनुुभयो । उपभोक्ता पसलमा आएपनि सामग्री नपाएपछि रित्तो हात फर्कनुु पर्ने अबस्था आएको बताउनुभयो ।

दैनिक पन्ध्रदेखि बीस उडान हुने हुम्लामा हाल मुस्कीलले दैनिक दुुई उडान हुनेगरेको छ । त्यो पनि यात्रु ओसार्दै ठिक्क हुने भएपनि अन्य सामान ढुवानी हुनसकेको छैन । निर्माण ब्यवसायी संघाका सचिब बुद्धी रोकायाले बिकास निर्माणका सामानहरु हवाई मार्गबाट ढुवानी हुनै छाडेपनि चार दर्जन बढी योजनाका काम प्रभाबित भएको बताउनुुभयो । नीजि एयरलाईन्स सेवाभन्दा पनि ब्यापारमुखी भएको परिणाम हुम्लामा सामग्रीको अभाब भएको बताउनुुभयो ।

कम्तिमा पनि नीजि एयरलाईन्स कम्पनी सरकारसँग दर्ता गर्दा ६० प्रतिशत ब्यापार र ४० प्रतिशत सेवा गर्ने शर्तलाई कार्यान्वयनमा ल्याउन सके सडक यातायात नजोडिएका दुुर्गमका वासिन्दाले सो समस्या भोग्नुु नपर्ने बताउनुुभयो । नियमित उडानको ब्यवस्थाका लागि सरकारसँग माग गर्नुभएको छ । कुनै बेला सिमकोट बिमानस्थलमा बढी उडान हुँदा एयर ट्राफिक भएको स्मरण गर्दै नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखाले अहिले आएर न्यूून उडान हुनेगरेको कारण समस्या आएको जनाएको छ । हाल नेपाल एयरलाईन्सले सिमकोटका लागि हप्तामा चार वटा उडान भर्नेगरेको छ । तारा एयरले दैनिक एक मात्र उडान भर्नेगरेको छ ।

खाद्यन्न ढुवानी बन्द
जहाजले उडान भर्न कम गरेपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुुदानको खाद्यन्न पनि ढुवानी हुन छोडेको छ । ढुवानी कार्य बन्द भएपनि निर्वाचनको समयमा जिल्लामा खाद्यन्न समस्या हुने देखिएको हो । लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यन्न मौज्दात न्यून भएको कारण ढुवानी जिम्मा पाएका एयरलाईन्सलाई शाखाले ताकेता गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?