logo
२०८१ बैशाख ८ शनिवार



ठक्करले युवकको मृत्यु

खुला |
प्रदेश |


ठक्करले युवकको मृत्यु


स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), चैत १७ गते । विहिवार दिउँसो ११ः३० बजे ल्क्ष्मीनिया जाँदैगरेको प्र–२– ०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालीका १ निवासी ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको छ ।

जनकपुरतर्फ आउँदैगरेको लामिछानेलाई बिपरित दिशाबाट आउँदैगरेको बस खाद्य संस्थाको अगाडि ठक्कर दिएको धनुषा ट्राफिक कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिएको बसचालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?