logo
२०८१ बैशाख ६ बिहीवार



बलात्कार आरोपमा पक्राउ

खुला |
प्रदेश |


बलात्कार आरोपमा पक्राउ


रेखीराम राना
पाल्पा, चैत १८ गते । पाल्पामा १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गर्ने एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –१, बस्ने ४८ वर्षका कोशलबहादुर हिस्की  छन् ।

केही दिनअघि रातीको समयमा ती पुरुषले तिनाउकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा उजुरी पर्नासाथ घटनामा संलग्न पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिस्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?