logo
२०८० चैत्र १६ शुक्रवार



खानेपानी व्यवस्था भएपछि स्थानीय दलित समुदायमा खुसी

खुला |
प्रदेश |


खानेपानी व्यवस्था भएपछि स्थानीय दलित समुदायमा खुसी


जीबछ यादव
लाहान, चैत १८ गते । सिरहाको नरहा गाउँपालिका –३ खोरिया टोलमा सामुदायिक भवन निर्माण र खानेपानीका लागि बोरिङ्ग जडान भएपछि स्थानीय विपन्न दलित समुदाय खुसी भएका छन् । सिरहा –३ का सङ्घीय सांसद् तथा पूर्व कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री लीलानाथ श्रेष्ठद्वारा संसदीय कोषमार्फत विनियोजन गरेको २५ लाख रुपियाँमा बोरिङ र सामुदायिक भवन निर्माण गरिएको हो ।

गाउँमै खानेपानीको व्यवस्था भएपछि खोरिया टोलका सय घरधुरीका विपन्न दलित समुदायलाई राहत भएको स्थानीय जगदेव महराले खुसी व्यक्त गर्नुभयो । विपन्न दलित समुदायले कुनै धार्मिक तथा छोराछोरीको विवाह गर्नुपर्दा खानेपानी र भवनको ठूलो समस्या झेल्नुपरिरहेको बताउनुभयो ।

सांसद श्रेष्ठले संसदीय कोषबाट भवन निर्माण र बोरिङ्ग जडान सम्पन्न भएपछि विहिबार उद्घाट्न गरेर प्रतिवद्धता पूरा गर्नुभएको भन्दै स्थानीय राम सुकुन मण्डलले खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार खानेपानी र सामुदायिक भवन प्राप्त गरेर स्थानीय खुशी भएका छन् ।

सांसद श्रेष्ठले भन्नुभयो, “भारतीय सीमादेखि उत्तरमा चुरेसम्म फैलिएको यस क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मिलेर काम गर्दा यस विकासले गति लिएको छ ।” सिराहा नगरपालिकामा मात्रै १७ वटा सामुदायिक भवन एउटा बोरिङबाट ७५ बिघा जमिन सिंचाइ हुनसक्ने गरी ५ वटा जडान भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?