logo
२०८१ बैशाख २४ सोमवार



हार्ने ठाउँमा मात्र गठबन्धन : सभापति बलायर

खुला |
प्रदेश |


हार्ने ठाउँमा मात्र गठबन्धन : सभापति बलायर


शिवराज ढुङ्गाना
अछाम, चैत १८ गते । नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलाएर आसन्न निर्वाचनमा अहिलेको गठबन्धनका पार्टीले हार्ने अवस्थामा मात्रै गठनबन्धन हुने बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा शुक्रबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा एक्लै नजित्ने स्थानमा मात्र गठबन्धन गर्ने उहाँलृे बताउनुभयो ।

“जित्ने ठाउँमा हामी लड्छौं, माओवादी केन्द्र, समाजवादी जित्ने ठाउँमा उहाँहरु लड्नुहुन्छ्, दुवै नजित्ने ठाउँमा गठबन्धन हुन्छ” नेता बलायरले भन्नुभयो । सङ्घमा गठबन्धन सरकार चलिरहेको बेलामा आफ्नो प्रदेशमा काँग्रेस सरकार बाहिर रहेकोले गठबन्धनको अर्थ खोजेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सीमा अतिक्रमणको विषय उठ्ने नहुने विषयमा पत्रकारले सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “दुई देशबीचको सीमाजस्तो संवेदनशील कुरामा सानातिना कुरा उठाएर कृत्रिम र स्वार्थका कुरा उठान हुँदैन ।” सभापति बलायर अछाम सदरमुकाम मङ्गलसेनमा काँग्रेसद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?