logo
२०८१ बैशाख १४ शुक्रवार



टिपरको ठक्करवाट एक जनाको मृत्यु, पाँच घाइते

खुला |
प्रदेश |


टिपरको ठक्करवाट एक जनाको मृत्यु, पाँच घाइते


देवरामप्रसाद यादव
सप्तरी, चैत १८ गते । सप्तरीको खडक नगरपालिका–५ स्थित रञ्जितपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा ना ७ ख २६५८ नम्वरको टिपरले पूर्वतर्फ आउँदैगरेको विद्युत कार्यालय बोदे बरसाईन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्वरको बोलेरोलाई रातीको समयमा पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक जिल्लाको बोदे बरसाइन नगरपालिका –५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लग्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनाबाट बोदे बरसाईन नगरपालिका –१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा ५ का २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिराहाको लहान नगरपालिका –८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते हुनुभएको छ । उहाँहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?