logo
२०८१ बैशाख ४ मंगलवार



दुर्घटनामा एक जनाको मृत्यु

खुला |
प्रदेश |


दुर्घटनामा एक जनाको मृत्यु


विष्णु पोखरेल
दमक, चैत १८ गते । झापाको दमकमा शुक्रबार अपरान्ह भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दमक १ बरगाछीको भित्रि सडकखण्डमा दिउँसो ३ बजेको समयमा इटा बोकेको मे १ त ७९४२ नम्बर ट्रयाक्टरले विपरित दिशाबाट आउँदैगरेको मे.६ प ३९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङ मिक्लजुङ गाउँपालिका ५ का ३१ बर्षिय मित्रप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक शर्माको घटनास्थलमा मृत्यु भएको छ ।

ट्रयाक्टर नियन्त्रणमा लिइएको भएपनि चालक फरार रहेकाले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?