logo
२०८१ जेष्ठ ५ शनिवार



ट्याक्टरबाट खसेर युवतीको मृत्यु

खुला |


ट्याक्टरबाट खसेर युवतीको मृत्यु


तनहुँ, चैत २० गते। तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।

ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो।

गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन्। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?