logo
२०८१ बैशाख १४ शुक्रवार



ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खुला |
प्रदेश |


ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


जनार्जन खत्री
सर्लाही, चैत २० गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुलमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रानिगञ्जस्थित पेट्रोल पम्पबाट पेट्रोल भरेर फर्किदै गर्दा ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका –२, का २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो ।

पासवानलाई आइतबार बिहान ९ः३० बजेतिर ना २९ प २४३७ नम्वरको मोटरसाइकलमा तेल भरेर फर्किदै गर्दा लालबन्दी नगरपालिका –१७, स्थित कालिञ्जोर पुलको मुखमै विपरीत दिशाबाट गइरहेको ना ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका पासवानलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि जनकपुर पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?