logo
२०८० चैत्र १६ शुक्रवार



रणनीतिक ढङ्गले अघि बढ्न नेता सिटौलाको निर्देशन

खुला |
प्रदेश |


रणनीतिक ढङ्गले अघि बढ्न नेता सिटौलाको निर्देशन


बिष्णुप्रसाद पोखरेल
दमक, चैत २० गते । आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पकड स्थापित गराउन नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले रणनीतिक रुपमा अघि बढ्न स्थानीय तहका नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

काँग्रेस १ नम्बर प्रदेश सभापति उद्धब थापा, जिल्ला अध्यक्ष देउमान थेवेसहितका प्रदेश र जिल्ला स्तरीय नेतासँग गृह जिल्लामा छलफल गर्दै नेता सिटौला र शर्माले सो निर्देशन दिनुभएको हो ।

काँग्रेस झापाका सभापति एवम् गठबन्धन दलका झापा संयोजक देउकुमार थेबेको अध्यक्षतामा बसेको संयुक्त बैठकले एकहप्ता भित्रमा गठबन्धको बिषयमा प्रतिवेदन बनाउने सहमति भएको काँग्रेस झापाका सचिब कृष्ण हुमागाईले बताउनुभयो ।

अघिल्लो निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विवरण र अहिलेको अवस्थालाई ध्यान दिएर प्रतिवेदन बन्नेछ, उहाँले भन्नुभयो । स्थानीयस्तरमा उम्मेद्वारले आंकाक्षा राख्दै उम्मेद्वारी घोषणा गर्नु अगावै गठबन्धनले जिल्लामा आफ्नो धारणा बनाएर अघि बढ्ने तयारी भएको बताइएको छ ।

छलफलमा नेकपा (माओवादी केन्द्र( का नेता एवं प्रदेश मन्त्री झलकसिंह दर्लामी, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मी, जनता समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष दिपेनबाला राई लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?