logo
२०८१ बैशाख १२ बुधवार



चट्याङ लागेर युवकको मृत्यु

खुला |
प्रदेश |


चट्याङ लागेर युवकको मृत्यु
फाइल तस्विर


चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २० गते । ताप्लेजुङमा शनिबार राती परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनको लासा बस्ने २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार राती करिव नौ बजेतिर छिमेकी रनबहादुर चौहानको दूध डेरी अगाडि बसिरहेको अवस्थामा चट्याङ भट्टराईलाई लाग्दा मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका भट्टराईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पु¥याइएको थियो । तेल्लोक पु¥याउँदा उहाँलाई चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।

यता भट्टराईको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकको शवगृहमा राखिएको छ । पोष्टमार्टम लगायत कानुनी प्रक्रिया पूरागरी आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । भट्टराई जिल्लास्तरीय भलिबल खेलाडी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?