logo
२०८१ बैशाख ६ बिहीवार



दाता मेहता दम्पति सम्मानित

खुला |
प्रदेश |


दाता मेहता दम्पति सम्मानित


जीबछ यादव
लहान, चैत २० गते । लहान –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका दाता दम्पतिद्वय लक्ष्मण मेहता र ललिता देवी मेहता सम्मनित हुनुभएको छ । २०५३ मा प्राथमिक विद्यालयबाट माध्यमिक विद्यालयमा स्तरोन्नति गर्न दाता बनेका दम्पतिलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै लहान नगरप्रमुख मुनि साहले दाता दम्पतिलाई दोसल्ला ओढाएर सम्मनित गर्नुभयो ।

पूर्व प्रधानाध्यापक समेत रहेको लक्ष्मण मेहता पहिलो संविधान सभामा प्रत्यक्षतर्फ निर्वाचित भई वन तथा भूसंरक्षण राज्यमन्त्री समेत हुनुभएको थियो । उहाँले शैक्षिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मनित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो ।

खपराको घरबाट टिना (चद्रा) को भवनमा बदलिएको विद्यालय भवन अहिले लहान नगरपालिका शिक्षा शाखाको सहयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पक्की भवन निर्माणले विद्यालयको भौतिक अवस्थामा सुधार आएको छ । लहान नगरपालिकाभित्रै शैक्षिक रुपमा समेत अघि रहेको विद्यालयलाई निरन्तर सहयोग गरी रहने नगरप्रमुख साहले बताउनुभयो ।

विद्यालयमा दाताको हैसियतमा पटक पटक विद्यालयबाट सम्मनित हुन पाउँदा सही ठाँउमा लगानी गरेको दाता मेहता दम्पतिद्वयले बताउनुभयो । विद्यालयको हाताभित्रै रहेको व्यक्तिको घर हटाएर विद्यालयको प्रगतिको लागि शैक्षिक माहौल बनाउन नगरपालिकालगायत विद्यालयसँग सरोकार राख्ने सबैमा आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?