logo
२०८० चैत्र १५ बिहीवार



नेपाली सुरक्षा टिमद्वारा नेपाल–भारत सीमा स्तम्भको निरीक्षण

खुला |
प्रदेश |


नेपाली सुरक्षा टिमद्वारा नेपाल–भारत सीमा स्तम्भको निरीक्षण


गोपी ज्ञवाली
नवलपरासी, चैत २० गते । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहितको जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोलीले नेपाल–भारत सीमाका सीमा स्तम्भको संयुक्त रुपमा निरीक्षण गरेको छ । नवलपरासीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमानामा रहेका सीमा स्तम्भ, सीमाको अवस्था लागायतका विषयमा नवलपरासीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शसस्त्र प्रहरी वल २६ नम्बर वाहिनीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्री, नेपाली सेना गोरखदल गणका प्रमुख प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठ, अनुसन्धान प्रमुखसहितको टोलीले निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीसहितको जिल्लाका सबै सुरक्षा निकायका प्रमुखको टोलीले केही दिन पहिले नेपाल–भारतवीचमा विवादित रुपमा रहेको सुस्ताको सीमा क्षेत्रको समेत अनुगमन गरेको थियो । नवलपरासीको भारतसँग जोडिएको सीमा २७ किलोमिटरको लम्बाईमा फैलिएको छ ।

नवलपरासीसँग जोडिएको भारतको सिमाना पश्चिमतर्फको भाग उत्तरप्रदेश राज्य र पुर्वतर्फका भाग विहार राज्यमा जोडिएको छ । नवलपरासीसँग जोडिएको नेपाल–भारत सीमावीचमा १६ वटा जंगेपिल्लर (सिमा स्तम्भ) छन । सुस्ता क्षेत्रमा नेपाल–भारतवीचको सिमाना क्षेत्रमा सीमा स्तम्भहरु नै बनाइएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?